Nepali Gajal by SabitaMs Chaulagain


All Gajal By-  SabitaMs Chaulagain


2017-6-27

बाहिर मिठाे बाेली भित्र भित्रै गिरेकाे मान्छे देखे,
मुखमा राम, बगलीमा छुरा भिरेकाे मान्छे देखे।
पाप धर्मकाे ख्यालै छैन,बस् अाफु जित्नु छ केवल,
मनमा कपट छ,मन्दिर घुम्दै फिरेकाे मान्छे देखे।
याे चाहि अशल छ कि भनेर ठम्माउनै अाँट्दा मा,
अहमताले क्रुर भइ,छातीमा चिरेकाे मान्छे देखे।
दान धर्म र सहयाेग त देखावटी र बनावटी भयाे,
सहयाेगकाे अाडमा सियाे बन्दै छिरेकाे मान्छे देखे।
अाफ्ना र पराइ केवल पैसाले छुट्टाउछ अाजकल,
धन दाैलतकै लागी,अाफ्नालाइ पिरेकाे मान्छे देखे।

*************************************************************
2017-6-21

जिवनलाई हामीले गहिरी न हेरे पछी,
अशल संगतलाई बुझेर न टेरे पछी।
जिवन यात्रा सहज कसरी हुन्छ हजुर,
दु:खलाई कशीले बाँधेर न बेरे पछी।
हरेक मानव दानव हुदैछ पतित बनेर,
मनमा दयाभाव राखी न केरे पछी।
एक अापसमा छैन मान मर्यादा हरायाे,
राम्राे व्यबहारले अाफैलाइ न घेरे पछी।
नारी सम्मान त हरायाे समाजमा किन ,
न्यायले अन्यायलाइ पछारेर न सेरे पछि।
अति दुख्छ नारीकाे मन बिचलित भएर,
हरेकले हेराइकाे दृष्टि सुधारेर न फेरे पछी।

********************************************************
2017-6-8

सुनाैलाे याद बनी तिमी अाउनुनै छ,
तिमिलाई माया म संग लाउनुनै छ।
किन नाटक गर्छाै , माया लुकाएर,
मेराे वरिपरी अब सधै धाउनुनै छ।
नदेखेझै गर्छाै किन अाखाले खाेज्छाै,
मेराे मन मन्दिरमा तिम्ले छाउनुनै छ।
पागल हाै तिमी मराे मायाकाे पारखी,
मेराे लागी प्रेमिल गित गाउनुनै छ।
थाहा नभएझै गरी,सताउछु तिमिलाई,
अाखिरमा मैले तिमीलाई पाउनुनै छ।

***********************************************************
2017-6-2

काे अशल काे खराव भनि चिन्न नसकेर,
अलिकति खुशी खाेजि मैले किन्न नसकेर।
अाफु जस्तै नादान लाग्छन् हर चेहेरा हरू,
अशल माथि खराब फन्दा छिन्न नसकेर।
सानाे काम बन्छ भने रूप फेर्छन् सबले,
अाफुले गलत पाईला माेडि हिन्न नसकेर।
मुखमा राम भन्दै बगलीमा छुरा राख्छन्,
न्यायले उठि अन्यायलाई पिन्न नसकेर ।
सानाे स्वार्थ पुरा गर्न खुट्टा तान्छन् याहाँ,
अवसर वादी लाई चिनी उछिन्न नसकेर।\

*********************************************************
2017-5-23

पहिलाे भेटमा उनी सामु नजर झुकाएकाे याद अायाे,
नदेखेझै गरी उनले मेराे रूमाल लुकाएकाे याद अायाे।
-----------------------------------------------------
अाज भेटेकाे फेरी भाेलिनै बाेलाउछन् बिहानै उनी त,
मेैले मिल्दैन भन्दा उनले मन दुखाएकाे याद अायाे
----------------------------------------------------
पहिलाे प्रेम हाम्राे ,सिधै हस भन्न सकिन मैले पनी,
म अाएर फर्कदा उनी, चुक चुकाएकाे याद अायाे।
----------------------------------------------------
हात बन्द गरी म अाउदा, मुस्कुराउदै उनी अाएकाे,
लुकेर पछाडी बाट मेराे हात फुकाएकाे याद अायाे।
-----------------------------------------------------
मनमा जहिल्यै ताजा लाग्छन् हर भेटहरू अाज पनी,
मैले वाई भन्दा, अाशु अाँखामै सुकाएकाे याद अायाे।


*********************************************************
2017-5-22

घाँस खान्छन् कि अन्न खाँन्छन् सरकारमा बस्नेहरू,
दिन प्रतिदिन बढ्दैछन् जनताका नजरबाट खस्नेहरू।
देश विकासकाे नाउमा, कराेडाैकाे बजेट झ्वाम पारेर ,
अगाडी चिप्लाे घस्न अाउछन्,पछाडी छुरा धस्ने हरू।
चुनाव अाउदा मुसा बन्छन् अावाज कति मलिन तिन्काे,
सानाे एउटा मिटिङ गर्न पाँच तारे हाेटल भित्र पस्नेहरू।
विकास हाे मुख्य नारा, खुब खाेक्छन भाषण दिन्छन्,
सितल गेडी देखाउदै,जन्ताकाे घाटी समाएर कस्नेहरू।
जनता पनि कति साेझा, झुटा अास्वासन् पत्याउछन्,
किन चिन्न नसकेकाे, माया गर्दै विषालु भै डस्नेहरू।

**********************************************************
2017-5-16

कानुन लाई घुँडा टेकाईन्छ याहा,
साेझालाई बन्दुक देखाईन्छ याहा।
देश भक्ति देखाउन मात्र छ खाली,
मनमा कुर्शी माेह लेखाईन्छ याहा।
घुस खाेरीले नमस्कार पाउछ हेर,
राम्राे गर्नेका हात छेकाईन्छ याहा।
जडीबुटी दिन दहाडै निकासा हुन्छ,
डेट गएकाे नेपाल फेकाईन्छ याहा।
मिटिङ भनेर कराेडाै खर्च गरिन्छ,
उल्टै जनता कै ढाड सेकाईन्छ याहा।

*********************************************************
2017-5-11

लुकाउन खाेज्छु झन् पाेखिन्छ याे माया,
तर्कि तर्कि हिठ्दा पनी ठाेकिन्छ याे माया।
नबाेले नि न हुने बाेल्दा लाज लाग्ने धेरै,
बाेल्न अाँट गर्दा सासै राेकिन्छ याे माया।
केही मिठाे खादा पनी किन उस्कै याद अाउने,
साथमा नहुदा नि यादमै बाेकिन्छ याे माया।
गर्न अाँट्या काम पनी चट्टै बिर्सियर त्यसै,
याद नगरू भन्छु, भित्रै घाेकिन्छ याे माया।
उस्ले पनि दिने धेरै मैले झन् धेरै दिन्छु है,
फेरी कहिले काही किन जाेखिन्छ याे माया।

*******************************************************
2017-5-8

लगाउन मिल्ने भए करेन्टकाे झट्का लगाइ दिन्थे,
घुस खाेर र तस्करी लाइ पाए,छिनमै भगाइ दिन्थे।
के गर्नु अाफ्नाे पावर छैन,पावर वाला अाखा छाेप्छ,
कति खप्नु , हातमा देउ सत्ता, छिनमै जगाइ दिन्थे।
सुत्ने खाटकाे डिजाईनमा अनी भत्ता जाेख्दा जाेख्दै,
त्यही पैसाले म त कर्णालीका जनता अगाई दिन्थे।
अाफै साेचाै, भुकम्पकाे बजेटले माेटाए कति नेता,
सही ठाउमा उपयाेग गरी बस्ती हरू रंगाई दिन्थे।
कहिले चेत्लान् नेता उफ् कहिले छाेड्लान् खुरापाती,
अाफ्ना संग मिलीजुली म त वैरीसारा दंगाई दिन्थे।
कानुन पनी अति फित्तलाे भाे पल्टिदिने पल्टाउदा,
भराैटे लाई सिमानामा,, झंडा संग टंगाई दिन्थे।
शब्दहरू...
टंगाई > टाग्नु
दंगाई > दंग पार्नु
अगाई >टन्न खान पाउनु

*******************************************************
2017-5-5

देश चलाउने कानुन ले हाे कानुनमै झेल हुन्छ।
ज्यानमारा खुलेअाम छ ,निर्दाेशलाई जेल हुन्छ।
केही गर्न खाेज्नेकाे हात बाधिन्छ हरपल याहा,
राम्रा काम गर्नेकाे हातमा सदैव किन नेल हुन्छ।
साेझासाझा काम छाेडेर दिनरात लाईन बस्छन्,
तस्करीलाई त घर घरमा जर्किनमै तेल हुन्छ।
छन् काेही त ईमान्दार पनी,बनाउछन् याेजना हरू,
अाउछ ईसारा पारी बाट, याेजना त छिनमै फेल हुन्छ।
हामी र हाम्राे देश भन्नु त फाेस्राे भाे विचरा हामी,
नेपाली भुमी तर हरपल विदेशीकाे चल खेल हुन्छ।

********************************************************************************
2017-5-4

केही गरेनी सुख छैन साहित्य रस लेख्नेलाई,
कसाे गरी सम्झाउ म पाईलै पिच्छे छेक्ने लाई।
प्रेमिल लेख्दा माया बसाे भन्छन् भावुकमा टुट्याे रे,
के भनेर बुझाउ म लेखमा तिखाे चिम्टा चेप्ने लाई।
भावनामै रून्छ कवि भावनामै हाँस्छ बुझ यती,
कुन अाैषधी खुवाउ म ,लेखमै पाउ टेक्ने लाई।
हेल्लाे हाई नमस्तेमा माया बस्ने हैन बुझ तिमी,
कहाकाे अस्पताल लैजाउ म,कलम नै हेक्ने लाई।
जमाना अघि बढिसक्याे अझै कुरीतिमा नअल्झन,
के काे बुटी बाँधिदिउ म रचनामा ढुंगा फेक्ने लाई।

*********************************************************************************
2017-4-25

कुरी बस्छाै दाेवाटाेमा मलाई तिम्राे पर्खाई मन पर्छ।
पर्खाईकाे झाेकमा रिसाउछाै, मिठाे तर्काई मन पर्छ।
सानाे तिनाे कुरा मेराे याद गर्छाै मायाले सम्झाउछाै अनी,
नसुनेझै गर्छु म तब गाली गर्छाै हाे त्याे झर्काई मन पर्छ।
कति कति बेला त दंग पर्छु तिम्राे पारा देखेर हा हा,
अरू संग बाेलेजस्ताे गर्छाै हेर्दै त्याे लर्काई मान पर्छ।
तिमी अतिन्छाै नि मलाई नदेख्दा अाखा घुमाउन थाल्छाै
देखाउछाै घुर्कि बच्चा झै रिसाउछाै त्याे घुर्काई मन पर्छ।
म त मदहाेश हुन्छु तिम्रा नसालु हेराईमा कर्के अाखाँकाे ,
जब त्याे अाँखाले खाेज्छ त्याे अाखाँकाे कर्काई मन पर्छ।

*********************************************************
2017-4-21

उताउलाे माैसम याे मलाई अती चन्चल बनाउछ,
चुमेर जान्छ नसाेधी अाफै,सारा खुशी खनाउछ।
बैसकाे त्याे उन्माद बनी वर्सिदिन्छ विना कारण,
प्रकिर्ति प्रेमी मलाई यस्ले,अधुराे प्रित मनाउछ।
म पनि त पागल प्रेमी,लहराई दिन्छु यस्कै तालमा,
तिमीले अाराेप लाउछाै प्रिय यस्ले हास्दै अपनाउछ।
ईन्द्रेणीकाे सात रंग देखाएर लाेभ्याउछ यस्ले कहिले,
म पनी नदेखेझै गरिदिन्छु,अनी माैन बन्दै फकाउछ।
छिन छिनमा रूप फेर्छ किन घरी घाम घरी वर्षा,
नबाेली बस्छु फेरी चिसाे सिमसिमेले सुम्सुमाउछ।
के भनाै खै अाजकाल, माैसम संगै रंगिदै बित्छ समय,
ब्यस्त भै थाहा नपाउदा,रिसले गड्याङ गर्दै तर्साउछ।

*****************************************************************
2017-4-18

साँच्चै माया गर्छाै भने फकाउन यार,
अलि अलि अधिकार पनी,जताउन यार।
मेराे सामु अरूकाे रूपकाे बयान गर्छाै ,
अलि अलि मलाई पनी, सताउन यार
कति कुर्छु एक वचन बाेलाउछाै कि भनेर।
हल्का रिस धेरै मायाले, अत्ताउन यार।
कति माया गर्छु खै कसरी भनु तिमीलाई,
तिम्राे मनमा के काे कालाे, हटाउन यार।
म संग नि ठिक्क तिमी उ संग नि ठिक्क
दिक्क भए अब मेरै मनमा, अटाउन यार।
*******************************************************************
2017-4-16

याे साल माग्न अाफै अाउछु भन्थेउ अझै अाएनाै त ?
हात समाउदै प्रेम गित गाउछु भन्थेउ अझै गाएनाै त?
दुई चार महिना भन्दै तिमीले,साल पनि बित्याे हेर
तिम्रै मन मन्दिरमा छाउछु भन्थेउ अझै छाएनाै त?
बाटाे हेर्दै अाखा दुख्छन् ,जिस्काउछन् संगिनी हरू
मनमै असिम माया लाउछु भन्थेउ अझै लाएनाै त?
चाहिदैन धन सम्पति,साग सिस्नु खाउला बेसाएर
संगै गाउबेशी मेला धाउछु भन्थेउ अझै धाएनाै त?
अाखा लाउछन् दुनियाले गार्हाे भाे जाेगिएर बस्न
बिदा मिलाउछु अाउछु भन्थेउ अझै बिदा पाएनाै त?
******************************************************************
2017-4-6

साच्चै के हाेला "मायाँ "माया भन्ने जातै मिठाे
तड्पिएर काेल्टाे फेर्दै कटाएकाे त्याे रातै मिठाे।
टाेलाई टाेलाई बाटाे हेर्दै कुरिरहदा मायाँलु लाई,
हतार हतार अाउदा उ,भेटिएकाे त्याे साथै मिठाे।
सम्झिएर उसैलाई अनायासै मुस्कुराईन्छ,
एकाेहाेराे टाेलाउने बेहाेसीकाे त्याे मातै मिठाे।
बाेल्न खाेजी कुरी बस्दा अचानक फाेन अाउदा,
हतार हतार अक्मकिदै बाेल्दाकाे त्याे बातै मिठाे।
मलाई मात्र यस्ताे हाे कि, यस्तै हुन्छ पिरतीमा ?
लर्खराउदा पाउ कहिले,दिएकाे त्याे हातै मिठाे।

******************************************************************
2017-4-3

**परदेशी दाजुभाइ**

दाजुभाइ बिदेशीदा , मुटु मेराे दुखेर लेखे !
शत्रू हास्लान् अाँशु देख्दा भनी लुकेर लेखे !
रेमिट्यान्स भित्रिदा मख्ख छ हाम्रो सरकार,
छैन युवाकाे मायाँ,लाचारीलाई थुकेर लेखे।
कति हुन्छ पिडा सम्झेर दाजुभाइ तिहारमा,
गरिव हुनु केही छैन,गरीवी संग झुकेर लेखे।
सबै छ देशमा, तर खुलाउदैनन उद्योग धन्दा,
कति लाचार कुर्सिवाला, उस्लाई भुकेर लेखे।
छाेराे आउने आशमा,अाउछ लाश बाकसमा,
कति पाेल्छ अाँशुले,नेपाली पनमा चुकेर लेखे।

******************************************************************

2017-3-30

वाह नेता हाे, झुटाे घमन्ड गर्छाै राष्ट्रकाे धनमा,
चाकडी,चाप्लुसीले डढेलाे लायौ अाफ्नाे पनमा।
सहिदका रगतले त के मुल्य पाएको छ र यहाँ ?
डर,त्रास छ कलिला बालाहरुमा, छन ती रनमा !
विधवा र टुहुरा त कति रून्छन् सम्झेर आफन्त ,
के अाडभराेसा दियाै बहकिएका विधवा तनमा?
छिमेकिले गोलि ताक्दै लडाउछ नेपालिहरूलाई,
दिन दाहाडै चाेरी गर्छ जडिबुटी यता हाम्रै वनमा।
केही त साेझाे काम गर ,आँशु पुछ पिडीतहरूकाे,
अलिकती दया गरि विश्वास जगाउ नेपाली जनमा।


******************************************************************

2017-3-28


चलन याे सदियाै देखिकाे नारीमै खाेट देखाईन्छ।
जन्म दिने अामा हुन, नाम चै बाउकाे लेखाईन्छ।
ममताकी खानी घरकी देवी हुन् छाेरी थाहा छ ,
तैपनी छाेराकै अाशमा लाखाै भुर्ण फेकाईन्छ।
बिग्रेका छोरा सपार्न बुहारी भित्राउने चलन छ,
छाेरा बिग्रेनी, कुरितीले बुहारीकै ढाड सेकाईन्छ।
विवाह गर्न , बिना डिग्री बिक्दैनन् छाेरी किन ?
काम गर्छु केही भन्दा, पनि बाटाे नै छेकाईन्छ।
पुर्खाकाे सम्पतिमा कानूनको रवाफ छ छाेरामा,
छोराकाे गल्ती हुदा पनि, झुटमै खुट्टा टेकाईन्छ।
-
******************************************************************

2017-3-22

हजाराै वाईयात प्रश्नले केरिन्छे नारी यहाँ !
किन समाजकाे बन्धनले बेरिन्छे नारी यहाँ ?
भनिन्छ खुलमखुल्ला दिईएकाे छ अधिकार,
तर किन पिडाकाे भुमरिमा पेलिन्छे नारी यहाँ ?
ठुला ठुला अाशा देखाएर उचालेर थचारिन्छ,
अर्का बनाउदै अाफ्नाे,गाेत्रै फेेरिन्छे नारी यहाँ ।
पुरूष भन्दा ईमान जमान धेरै हुन्छ नारिमा !
फेरी पनी कुरितीको पर्खालले घेरिन्छे नारी यहाँ ।
हरेक प्रश्नकाे जवाफ हुदैन,कति विवश छाै हामी,
पल पल बाध्यता र विवशताले सेरिन्छे नारी यहाँ !


******************************************************************
2017-3-17

कम्जोर हुन्नन् नारी, हामीले देखाउनै छ हेर,
राम्रो काम गर्नको लागी कहिल्यै गर्नु हुन्न बेर ।
नारी–पुरूष बराबरी, एकता ले हुन्छ विकास
प्रतिभालाई चुप लागेर जान दिनु हुन्न खेर ।
सगरमाथा झैँ शिर बनाई अघि बढौँ निरन्तर
सफल बनी शिखर चुम्दा, झुम्मियोस् नारी नेर ।
चम्के सीता, पसाङ, हिलारी, अब हाम्रो पालो
अशल शासक बन्न सक्छन्, हाम्रो भनार्इ टेर ।
कमी र कमजोरी हुन्छन सबै मानवहरूको
निरीह नठान नारीलाई, परे बन्न सक्छन शेर ।

******************************************************************

2017-3-15

याे मेराे कलमले ,बन्दुककाे काम गर्ने भए।
ठाेकि दिन्थे गाेली ,गद्दार नेता सबै मर्ने भए।
कति खप्नु दादागिरी, सिमामा शत्रूकाे विगवगी,
सारि दिन्थे सिमाना कलम कै बलले सर्ने भए।
गद्दारी धुर्त नेताहरू,तरस खाउ अब अलिकती,
सर बासाँइ जाऊ, तर मेची काली बरू तर्ने भए।
बाँकी छ ईमान सपुत हाै,नेपाल अामाका हामी
गर केही जनताको अनुहारमा खुशी भर्ने भए।
कति निरिह छौ नेपाली,कती विवश हाम्राे ईमान,
टारी दिन्थे दशाग्रह,यदी कलमकै भरमा टर्ने भए।

*****************************************************************

2017-3-7

सबैले साेध्छन् किन लेख्दिनाै देशकाे बारेमा भनेर।
लेख्न मन लाग्छनी के काम पिरकाे खाल्टाेमा खनेर।
एता चल्छन् कविका कलम उता गाेली चल्न थाल्छ।
कति नसाेचेकाे रून्छिन् अामा,रून्छ कलम म नेर।
त्रसित थियाै अालै छ घाउ, अनगिन्ती जनयुद्दका।
काेही छाै कि सितल बनाई देउ,पट्टी र मलम बनेर।
भ्रष्ट नेता नगर गद्दारी पाेल्छ यि जनताका अाँशुले।
रून्छिन् नेपाल अामा पल पल मरेका सन्तान गनेर।
चाहादैन काेही याहा रक्तपात काे खाेला हेर्नलाई।
फेरी बग्छ रगत,मारिन्छ जनता किन एकएक छानेर।

******************************************************************

2017-2-3

साेच्थे जिवन मखमली र गुलाव जस्ताे बनाउछु।
खुशी र सुख सारा अाफ्नै पाेल्टामा खनाउछु।
भएन जिवन सोचे जस्ताे,सफल हुन सकिन म,
नारी हु म दुख गर्छु आफ्नै नारी भाव जनाउछु।
किनकिन जिवन अब्बल लाग्छ मलाई अचेल,
जस्ले जे साेचाेस् यहाँ म मेरो पौरख चलाउछु।
गरिखाए डाहा गर्छन्,गर्न नसके घृणाको पात्र
मान्छे यस्तै छन ,म त आफ्नै पसिना बगाउछु।
बाेलीचाली राम्राे गर्दा,त्यसै कुरा काट्छ समाज
तर अाफु सधै सोझो बाटो हिड्न मनपराउछु।

******************************************************************
2017-2-1


छोरी भई जन्मनु नै खोटो जस्तो लाग्छ।
भाग्य लेख्ने कलम पनि, छोटो जस्तो लाग्छ ।
कहिँ होलान् छोरी पाउँदा खुशी हुने बाबु आमा?
सबैलाई छोरी सायद, कठीन पाटो लाग्छ !
स्कूल कलेज जता पनि, जिस्काईने पात्र हुन्छे,
जता पनि छोरी भन्दा, छोरो चाहिँ बाठो लाग्छ ।
हाँसखेल गर्दा पनि उत्ताउली हुन्छे छोरी,
चूपचाप मात्रै बसूँ भने, जीन्दगी नै माटो लाग्छ !
जे गरे नि सुख छैन, कहिँ छैन जस,
तर केही गर्नै पर्छ, दुनिया आफ्नै बाटो लाग्छ !

No comments:

Post a Comment

Thank You For Visiting.