Nepali Gajal



रूवायो हसाउनेले, झुटो माया लाउनेले
साथ अन्तै पाउनेले,झुटो माया लाउनेले

निदरीमा झस्काईदिन्छ, मुटु चस्काईदिन्छ,
मिठो भाका गाउनेले,झुटो माया लाउनेले

मुटुभरी घाऊ दियो ,बदनामी नाउ दियो,
इन्द्रेणी झै छाउनेले,झुटो माया लाउनेले

हासो जति चोरी भाग्यो, बदलामा आशु राख्यो,
अगालोमा आउनेले,झुटो माया लाउनेले

नपुगुञ्जेल चाहाना ,अनेक गर्यो बाहाना,
तिर्खा लाग्दा धाउनेले,झुटो माया लाउनेले

******************************************

घर बनाउन थाले पछि काँटी पाउन गाह्रो नहोस्
आफ्नो अस्तित्व बचाउने आँटि पाउन गाह्रो नहोस्।

असलिको रुप रङ्गमा नक्कली सुनले भाउ पाए पनि
दुलहिको शोभा बडाउने खाँटी पाउन गाह्रो नहोस्।

पिज्जा, बर्गर,बिर्यानी सबको फेब्रेट भए नै पनि
गुन्द्रुक, ढेडो निलिदिने घाँटी पाउन गाह्रो नहोस्।

घर बनाउन थाले पछि काँटी पाउन गाह्रो नहोस्
आफ्नो अस्तित्व बचाउने आँटि पाउन गाह्रो नहोस्......


आफ्नै प्यारो गाउँ छोडी बाँच्ने रहर कसलाई छ र ?
एक्लै हुँदा पीडामा नी हाँस्ने रहर कसलाई छ र ? ?

दोहोरी भाका गाउँथे म झ्यारे तालमै रमाउथे,
एक्लै एक्लै शुन्यू मञ्चमा नाँच्ने रहर कसलाई छ र ?

हजार आँशु पिउनै पर्ने यर्थात मा जीउनै पर्ने,
दुःख सँगै नाता साईनो गाँस्ने रहर कसलाई छ र ?


अधुरा हुदै सपनाहरु एका एक सुस्ताई जाँदा,
आफ्नै मनका आस्थाहरु भाँच्ने रहर कसालाई छ र ?

मुटूभरी माया राखी भेट्ने रहर मनमा पाली,
आशाका ति त्यान्द्राहरु साँच्ने रहर कसलाई छ र ?

***********************************************************

चौतारीको बर-पिपल ढाल्छु
भन्छ्यौ र'पो मर्छु !!
छिया-छिया भएकोमन टाल्छु
भन्छ्यौ र'पो मर्छु !!

कम्जोरीमा साथै नदिइ भागी
हिड्या थियौ,
मिठो सपना आज फेरी पाल्छु
भन्छ्यौ र'पो मर्छु !!


वर्षौपछि अचानक देखाभेट
भाको बेला,
निर्दोषी छन कदम मेरा चाल्छु
भन्छ्यौ र'पो मर्छु !!

आफ्नैलाई दोषी बनाई निभ्यो
मनको बत्ती,
ब्यूँताऊन पर्ख, आगो बाल्छु
भन्छ्यौ र'पो मर्छु !!

बदनामी समाज भीत्र सराबरी
तिम्रो मेरो,
"प्रियसी" लाइ फेरी मुद्धाहाल्छु
भन्छ्यौ र'पो मर्छु !!

***************************************************************

आजै पल्टन सर्यो, पूर्ब बाहिनी गणमा !
गरी गरी लेफ्ट राईट ,आएनि गणमा !

एउटा हातमा थ्रिनेट, अर्कोमा ग्रीनेट,
नुनपानी सरकारको, खाएनि गणमा!

चार बजे मर्निग्ङ, जानुपर्छ म रनिग्ङ,
देशको लागी साह्रै दु:ख ,पाएनी गणमा!


देशको माया छातिमा, नत निन्द्रा रातिमा,
हिमाल पहाड घन्काई, गाएनि गणमा !

कित मार्छु कि मर्छु, अघि अघि तर बढ्छु,
बादल जस्तै दुष्मनले, छाएनि गणमा !

1 comment:

Thank You For Visiting.